रूस–युक्रेन युद्ध रोक्न सके ट्रम्प विश्वकै हिरो बन्नुहुन्छ : खनाल
काठमाडौँ । नेकपा (एमाले) विदेश विभागका सदस्य गोपाल खनालले रुस र युक्रेनबिच जारी रहेको युद्ध रोक्न सफल भएमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति मात्रै नभएर विश्वको हिरो बन्ने बताएका छन् ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पर्न सक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुस–युक्रेन र इजरायल, प्यालेस्टाइनबिच रहेको युद्धको अन्य गर्न सफल भएमा ट्रम्प विश्वमा ऐतिहासिक राष्ट्रपति बन्ने बताएका हुन् ।
‘अमेरिकको राष्ट्रपतिमा ट्रम्प आउँदै गर्दा तीन वटा कुरा साह्रै महत्त्वपूर्ण छ । उहाँले निर्वाचनको बेला पनि भन्नुभएको छ– रुस र युक्रेनबिचको युद्ध म एक दिनभित्र अन्त्य गर्छु भन्नुभएको छ । यद्यपि, त्यो युद्ध कसरी अन्त्य हुन्छ भन्नुभएको छैन,’ उनले भने, ‘यदि ट्रम्पले यो युद्ध जसका कारण विश्व नै विभाजित भएको छ, यदि उहाँले यो युद्ध अन्त्य गर्न सक्नुभयो भने अमेरिकाको राष्ट्रपति मात्रै होइन विश्वकै हिरो बन्नुहुन्छ । यति नै महत्त्वपूर्ण विषय इजरायल, प्यालेस्टाइनी युद्ध पनि छ । उहाँले यी युद्ध अन्त्य गराउन सक्नुभयो भने विश्वमा उहाँ ऐतिहासिक राष्ट्रपतिको रूपमा प्रमाणित हुनुहुनेछ ।’
नेता खनालले दुनियाँमा हुने युद्धको समाधान कूटनीतिक रूपले वार्ताको माध्यमबाटै गर्न सकिन्छ भन्ने पक्षमा ट्रम्प रहेको बताए । उनले अमेरिका र चीनबिचमा रहेको व्यापारको युद्धलाई समेत ट्रम्पले सन्तुलनमा ल्याउने विश्वास व्यक्त गरे । ट्रम्पको कार्यकालमा अमेरिका र चीनको सम्बन्ध थप प्रतिकूलतातिर गयो भने त्यसको बाछिट्टाहरू नेपालमा पर्न सक्ने उनले बताए ।
‘ट्रम्पले चीन सम्बन्धलाई अहिलेकै अमेरिकी नीतिलाई निरन्तरता दिएर थप अनुदार भए भने यसले स्वाभाविक रूपमा द्वन्द्व सिर्जना गर्छ । जसको प्रभाव नेपालमा पनि पर्नसक्छ,’– नेता खनालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण