अल–हिलाल छाडेर पुरानै क्लबमा फर्कने तयारीमा ब्राजिलियन स्टार नेमार
काठमाडौँ । ब्राजिलियन फुटबल स्टार नेमार हाल साउदी अरेबियन क्लब अल–हिलालबाट व्यावसायिक फुटबल खेल्छन् । तर, पछिल्लो समय उनी आफ्नो पूर्वक्लबमै फर्किने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।
३२ वर्षीय प्रभावशाली स्ट्राइकर नेमारले आफ्नो ब्यवसायिक खेलजीवन ब्राजिलियन क्लब सान्तोषबाट गरेका थिए । पछिल्लो समय उनी अल–हिलालबाट पुनः सान्तोष फर्कने तयारीमा छन् । यसका लागि नेमारले छलफल पनि अगाडि बढाइसकेको दाबी समाचारमा गरिएको छ ।
उनी सन् २०२३ मा अल–हिलालमा आबद्ध भएका थिए । त्यसअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट ब्यवसायिक फुटबल खेल्थे । सान्तोष जाने विषयमा नेमारले अल–हिलालसँग पनि छलफल गरिसकेका छन् ।
सम्भवतः आगामी जनवरीमा उनी सान्तोषमा आबद्ध हुनेछन् । अल–हिलालबाट नेमारले धेरै खेल खेल्ने मौका पाएका छैनन् । निकै ठुलो पारिश्रमिकमा अल–हिलालमा आबद्ध भएदेखि नै उनी पटक–पटक घाइते हुँदै आएका छन् ।
नेमारले हालसम्म अल–हिलालका लागि पाँच खेलमात्र खेल्न सकेका छन् । ब्राजिलियन सञ्चारमाध्यमले पनि नेमार छिट्टै सान्तोषमा आबद्ध हुने दाबी गरेका छन् । नेमार ब्राजिलका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
उनी अक्टोबरको मध्यतिर स्वस्थ्य भएर अल–हिलालका लागि खेल्न मैदानमा फर्किएका थिए । तर, गत साता सम्पन्न एएफसी च्याम्पियन्स लिगका क्रममा उनी फेरि घाइते भएका छन् । उनी अब चारदेखि ६ सातासम्म मैदानबाट बाहिर रहने बताइएको छ ।
घाइते हुनेक्रम बढेपछि नेमारले पुनः सान्तोष फर्कने योजना बनाएका हुन् । नेमारले करिब चार वर्ष स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । सन् २०१३ मा क्लबमा आबद्ध भएका उनले सन् २०१७ मा बार्सिलोना छाडेका थिए । त्यसपछि उनी पीएसजीमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण