अल–हिलाल छाडेर पुरानै क्लबमा फर्कने तयारीमा ब्राजिलियन स्टार नेमार

काठमाडौँ । ब्राजिलियन फुटबल स्टार नेमार हाल साउदी अरेबियन क्लब अल–हिलालबाट व्यावसायिक फुटबल खेल्छन् । तर, पछिल्लो समय उनी आफ्नो पूर्वक्लबमै फर्किने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।
३२ वर्षीय प्रभावशाली स्ट्राइकर नेमारले आफ्नो ब्यवसायिक खेलजीवन ब्राजिलियन क्लब सान्तोषबाट गरेका थिए । पछिल्लो समय उनी अल–हिलालबाट पुनः सान्तोष फर्कने तयारीमा छन् । यसका लागि नेमारले छलफल पनि अगाडि बढाइसकेको दाबी समाचारमा गरिएको छ ।
उनी सन् २०२३ मा अल–हिलालमा आबद्ध भएका थिए । त्यसअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट ब्यवसायिक फुटबल खेल्थे । सान्तोष जाने विषयमा नेमारले अल–हिलालसँग पनि छलफल गरिसकेका छन् ।
सम्भवतः आगामी जनवरीमा उनी सान्तोषमा आबद्ध हुनेछन् । अल–हिलालबाट नेमारले धेरै खेल खेल्ने मौका पाएका छैनन् । निकै ठुलो पारिश्रमिकमा अल–हिलालमा आबद्ध भएदेखि नै उनी पटक–पटक घाइते हुँदै आएका छन् ।
नेमारले हालसम्म अल–हिलालका लागि पाँच खेलमात्र खेल्न सकेका छन् । ब्राजिलियन सञ्चारमाध्यमले पनि नेमार छिट्टै सान्तोषमा आबद्ध हुने दाबी गरेका छन् । नेमार ब्राजिलका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
उनी अक्टोबरको मध्यतिर स्वस्थ्य भएर अल–हिलालका लागि खेल्न मैदानमा फर्किएका थिए । तर, गत साता सम्पन्न एएफसी च्याम्पियन्स लिगका क्रममा उनी फेरि घाइते भएका छन् । उनी अब चारदेखि ६ सातासम्म मैदानबाट बाहिर रहने बताइएको छ ।
घाइते हुनेक्रम बढेपछि नेमारले पुनः सान्तोष फर्कने योजना बनाएका हुन् । नेमारले करिब चार वर्ष स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । सन् २०१३ मा क्लबमा आबद्ध भएका उनले सन् २०१७ मा बार्सिलोना छाडेका थिए । त्यसपछि उनी पीएसजीमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयकाे तयारी
-
प्रधानमन्त्रीसँग काठमाडौँ–तराई मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल
-
काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
-
जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित
-
गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीद्वारा उद्घाटन