ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, २३ कात्तिक २०८१, २० : २६
पाँचथर । पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि झापा पठाइएको छ । ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिए। ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण