मानव तस्करीको आरोप लागेका अधिकारीले पार्टी जिम्मेवारीबाट मुक्त गर्न दिए निवेदन
काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले छानबिन नहुँदासम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् । अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । अधिकारी एमाले कोशी प्रदेश सदस्य हुन् ।
‘प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो, त्यसको जवाफ र जिम्मेवारी मुक्त गर्न एकैसाथ निवेदन दिनुभएको छ’, खतिवडाले रातोपाटीसँग भने, ‘उहाँले दिएको निवेदनमाथि पार्टीमा छलफल गरेर निर्णय हुन्छ ।’
नेता खतिवडाले अधिकारी अनुसन्धानको दायरामा आएमा थप निर्णय गर्नुपर्ने अवस्था आए गरिने बताए ।
अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो । उनीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् ।
यसैबिच शनिबार बस्ने नेकपा एमाले सचिवालय बैठकमा अधिकारीबारे थप निर्णय गर्ने एमालेको तयारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबारको बैठकमा अधिकारीबारे छलफल हुनसक्ने भन्दै छलफल भएपछि थप थाहा हुने बताए ।
अधिकारीले मन्त्री पदबाट भने यसअघि नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण