इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती
नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती गर्न थालेको दुई वर्ष बितिसकेको छ ।
जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले जग्गा भाडामा लिएर करिब ३५ बिघा जग्गामा धानखेती गरिरहेका छन् । यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएका छन् ।
कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा जयसवाललाई ५१ हजारसहित पुरस्कार प्रदान गरेको थियो । पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले बताए ।
बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा 'आरोही सिड्स' कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकैलगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।
पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई
-
१२ बजे, १२ समाचार : रविको हिरासतबारे ज्ञानेन्द्र शाही चिन्तितदेखि धनगढीका मेयर हमाललाई ब्रेन अट्याकसम्म