लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
मङ्गलबार, १२ साउन २०८३, २१ : ०७
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
- मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने राष्ट्रपति पौडेलले उल्लेख गरेका हुन्।
- श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रूपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने राष्ट्रपति पौडेलले उल्लेख गरेका हुन्।
श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रूपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण