पहाडकी रानी 'बन्दीपुर'लाई नियाल्दा (तस्बिरहरू)
तनहुँ । कोलाहल तथा धुवाँ धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।
भक्तपुरे शैलीमा बनेका इट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बिचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी, तीनधारेको चिसो पानी । एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कँदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनासलु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।
मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यीनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय सहर बनेको छ । घुम्न आउने घुमन्तेले यो सहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर' जुन विश्वभर प्रख्यात छ ।
सिजन सुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी ।
_Z3l93jjjxS.jpg)
_66BY0zsFVa.jpg)
_Q4uEUFVP9n.jpg)
_0Fh0SeDfQf.jpg)
_S9BucOhuQf.jpg)
_8SCfUT092v.jpg)
_jcgXykdmoU.jpg)
_2xAgpI8MCJ.jpg)
_6hY4KMI2ah.jpg)
_31qA09cnxh.jpg)
_cczJhEZmQ9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण