कार्तिकको भूल भूलैया ३ ले सलमानको रेकर्डलाई पनि उछिन्यो
मुम्बई । भूल भुलैया ३ मार्फत कार्तिक आर्यन रुह बाबाको भूमिकामा फर्किएका थिए । फिल्मले पहिलो साता नै सय करोड भारुको आँकडा पार गरेको थियो भने फिल्मको बजेट पनि क्लियर गरेको थियो ।
अहिले फिल्म लगातार नाफातर्फ उन्मुख छ । जे होस्, हरर कमेडीले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।
भूल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज भएको थियो । मल्टिस्टार फिल्म सिंघम अगेनसँग टक्कर भए पनि फिल्मले बक्स अफिसमा धमाका मच्चायो । यो चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
अनीस बज्मीले निर्देशन गरेको यस फिल्ममा कार्तिक आर्यनका अलावा माधुरी दीक्षित, तृप्ति दिमरी, विद्या बालन, राजपाल यादव र विजय राज पनि देखिएका थिए । विद्या बालन १७ वर्षपछि प्रतिष्ठित पात्र मञ्जुलिकाको रूपमा फर्किएकी छन् ।
आठ दिनमा चलचित्रले १७०.६५ करोड भारु कमाएको छ । पहिलो साताको उत्कृष्ट कमाईका साथ कार्तिक आर्यन स्टारर फिल्मले सलमान खानको दबंग २ लाई पनि पछि पारेको छ । दबंगले पहिलो हप्तामा १५८.५० करोड कमाएको थियो । यति मात्र होइन, फिल्मले बागी २ को १६५ करोडको कलेक्सनमा पनि पछाडि परेको छ ।
यो चलचित्रले छिट्टै बक्स अफिसमा २०० करोडको आँकडा छुन सक्नेछ । यदि यस्तो भयो भने २०० करोड क्लबमा पुग्ने कार्तिकको यो पहिलो फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण