पाकिस्तान : क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ५० जना घाइते भएका छन् ।
घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’
मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। यसैबिच बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले भने, ‘यो घटना आतंकवादीहरूले निर्दोष मानिसहरू, बालबालिका, मजदुर र महिलाहरूलाई निशाना बनाउँदै गरेको शृङ्खलाबद्ध आक्रमणको हिस्सा हो। राज्यमा आतंकवादीहरू विरुद्ध कारबाही भइरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र
-
कोलम्बियाले गर्यो चीनको बीआरआईमा हस्ताक्षर
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो