पाकिस्तान : क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ५० जना घाइते भएका छन् ।
घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’

मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। यसैबिच बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले भने, ‘यो घटना आतंकवादीहरूले निर्दोष मानिसहरू, बालबालिका, मजदुर र महिलाहरूलाई निशाना बनाउँदै गरेको शृङ्खलाबद्ध आक्रमणको हिस्सा हो। राज्यमा आतंकवादीहरू विरुद्ध कारबाही भइरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण