मानव तस्करीमा संलग्न प्रकरणका दोषीलाई कारबाही गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउँदै छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानुन सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’
उनले कुनै पनि व्यक्तिलाई राज्यले छनौट गर्ने तरिकाले हेर्न नहुने बताउँदै विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय नभई विधिको विषय भएको बताएका छन् ।
उनले भनेका छन्– ‘म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्न माओवादीको तयारी
-
निःशुल्क घोषणा गरिएको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू
-
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ
-
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल