मानव तस्करीमा संलग्न प्रकरणका दोषीलाई कारबाही गर्न गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउँदै छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानुन सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’
उनले कुनै पनि व्यक्तिलाई राज्यले छनौट गर्ने तरिकाले हेर्न नहुने बताउँदै विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय नभई विधिको विषय भएको बताएका छन् ।
उनले भनेका छन्– ‘म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण