भिनिसियसको ह्याट्रिक तर रियललाई घाइते खेलाडीको पीडा
मड्रिड । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले रियल मड्रिडले ला लिगामा ओसासुनाविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल ४–० गोलले विजयी बन्यो ।
योसँगै रियलको लगातार दुई खेलको हारको शृङ्खलामा पूर्णविराम लागेको छ । खेलको ३४ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाए । ४२ औँ मिनेटमा बेलिङह्यामले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ६१ औँ मिनेटमा भिनिसियसले टोलीका लागि तेस्रो गोल गरे । ८ मिनेटपछि उनले आफ्नो ह्याट्रिक पूरा गरे । खेलमा रियलका खेलाडीहरू एकपछि अर्को घाइते भएका थिए । रोड्रिगो २० मिनेटपछि मैदान छाड्न बाध्य भए भने एडर मिलिटाओ अझ गम्भीर घाइते हुँदै बाहिरिएका थिए । त्यस्तै, लुकास भाज्क्वेजले पनि दोस्रो हाफ खेल्न सकेनन् ।
रियलका ड्यानी कार्भाहाल गत महिना घाइते भएका थिए भने डेभिड अलाबा पनि घुँडाको चोटका कारण मैदान बाहिर रहेका छन् । जीतपछि रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग दुरी ६ अंकमा झारेको छ । टोलीको १२ खेलबाट २७ अंक छ । १३ खेलबाट २१ अंक बटुलेको ओसासुना पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण