घर र मतान जल्दा ११ लाख बढीको क्षति
खोटाङ । रावावेसी गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको एउटा घर, एउटा मतान, घरभित्र भएका रु १० हजार नगद, दुई तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, कागजपत्र, अन्नपातलगायत जलेर नष्ट भएको हो ।
नेपाल प्रहरीका पूर्वहबल्दारसमेत रहेका गुरुङको दुईवटा घरमध्ये फुसको छाना भएको तीनतले एउटा घर र फुसकै छाना भएको तीनतले नै एउटा मतान आगलागीमा जलेर नष्ट भएको जनाइएको छ । दिउँसो करिब साढे ३ बजे सुरु भएको आगो स्थानीयवासी र प्रहरीको टोलीले साँझ साढे ७ बजेमात्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
फुसको छाना तथा ढुङ्गामाटो र काठ प्रयोग गरेर निर्माण गरिएको घरमा आगलागी भएका कारण निभाउन धेरै समय लागेको आगलागी नियन्त्रणमा सहभागीले स्थानीयले बताएका छन् । दिउँसोको समयमा आगलागीका घटना भएकाले मानव र पशुचौपायालाई भने सुरक्षित गर्न सकिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट भएपछि गुरुङ परिवार चिन्तित बनेका छन् । आगलागीपीडित गुरुङ परिवार अहिले आफ्नै अर्को जस्तापाताको छाना भएको घरमा बसिरहेको प्रहरी चौकी डुम्रेधारापानीका हबल्दार ओमकुमार राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण