पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याउन परिसरको पत्र

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले विराटनगरमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई विराटनगरबाट नियन्त्रणमा लिइएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई विराटनगरबाट काठमाडौँ पठाउँदै छौँ ।’
कार्तिक १४ मा पूर्वमन्त्री अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट (निष्कासन) भएका थिए । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
डिपोर्ट भएकाहरू र पठाउने गिरोहका थप ३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित