जापानमा मानव तस्करी प्रकरण
लिलाबल्लभलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइँदै
आइतबार, २५ कात्तिक २०८१, १३ : ५७
काठमाडौँ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउन लागिएको छ ।
प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो ।
यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सो विमान मोरङ एयरपोर्टबाट २ बजेर ३० मिनेटमा काठमाडौँका लागि उड्नेछ ।
आजै उनलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण