जापानमा मानव तस्करी प्रकरण
लिलाबल्लभलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइँदै
आइतबार, २५ कात्तिक २०८१, १३ : ५७

काठमाडौँ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउन लागिएको छ ।
प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो ।
यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सो विमान मोरङ एयरपोर्टबाट २ बजेर ३० मिनेटमा काठमाडौँका लागि उड्नेछ ।
आजै उनलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक