कालिकोट जीप दुर्घटना अपडेट : यी हुन् मृतक र घाइते
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ ।
मृत्यु हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् ।
यस्तै दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइते हुनेमा पलाँता गाउँपालिका–६, का केशव थापा, विजय थापा, किशोर थापा, रिदम शाही, प्रतिपक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया रहेका छन् ।
यस्तै वडा नम्बर ६ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया रहेका छन् ।
ठेगाना नखुलेका चालक धनिराम रावत, पलाँता–५, का दोली विक, आयुशा विक गरी १३ जना घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द्र चौधरीले बताए ।
घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टोरमार्फत सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल स्वयम् विमानस्थल हुँदै अस्पताल पुगेका छन् । डाक्टरहरुलाई उपचारमा कुनै कमी हुन नदिन उनले निर्देशन समेत दिएका छन् ।
१९ जना सवार बोलेरो जीप आइतबार २ः५० बजे कालिकोट पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो । उक्त जीप वडा नम्बर ५ को खिनदेखि थिर्पुतर्फ जाँदै थियो । जीप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण