यु–८ सिंगल्समा कायन र अमिरा च्याम्पियन
काठमाडौँ । कायन चालिसे र अमिरा गुप्ता होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार पहिलो भएका छन् । कायन ब्वाइज तथा अमिरा गर्ल्समा पहिलो भए ।
होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा कायनले शुभम् श्रेष्ठलाई १०–६ र १०–५ को सोझो सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा अमिराले निम्ति कुँवरलाई १०–१२, १०–४ र १०–५ को सेटमा हराइन् ।
बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अमिरा र निम्ति यु–९ गर्ल्स सिंगल्सको फाइनलमा पनि भिड्ने भएका छन् । सेमिफाइनलमा अमिराले समृद्धि खत्रीलाई ४–०, ०–४ र ७–२ तथा निम्तिले रजिशा जोशीलाई ४–१ र ४–२ ले पाखा लगाएका थिए ।
यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, साहन्स बस्न्यात, अविर केडिया र भिरल अग्रवालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको गर्ल्समा सरा पन्त, तभिसी राणा, सुहानी जजोडिया र नाइरा घलेले सेमिफाइनलमा स्थान बनाए ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल, विश्व डल्लाकोटी, असभसम्राट हाडा र साङगे रोकायाले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा स्वस्तिका विष्ट, आयुशा जोशी, कर्मिस्था श्रेष्ठ र शिभाली गुरुङ सेमिफाइनलमा प्रवेश गरे ।
यु–१२ ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी, आरित मल्ल, सुजन कुइकेल र भेदान्त चालिसे सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गर्ल्समा आयुशा जिसी, स्वरा थापा, सरा पन्त र अनुश्री ध्वजुले सेमिफाइनल यात्रा तय गरे । यु–९ ब्वाइज सिंगल्समा अहान केडिया, भिरल अग्रवाल, कायन चालिसे र सहान्श बस्न्यात सेमिफाइनलमा प्रवेश गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण