लेस्टरमाथि युनाइटेडको सहज जित
सोमबार, २६ कात्तिक २०८१, ०५ : ५७
ओल्ड ट्राफोर्ड । ब्रुनो फर्नान्डेजले क्लबका लागि २ सय ५० खेल खेल्दा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई प्रिमियर लिगमा ३–० गोलले पराजित गरेको छ । यो अन्तरिम म्यानेजरका रूपमा रुड भान निस्टलरोयको अन्तिम खेल पनि थियो ।
फर्नान्डेजले खेलको १७ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा भिक्टोर क्रिस्टेन्सनको आत्मघाती गोल युनाइटेडले उपहार पायो ।
दोस्रो हाफको अन्त्यतिर फर्नान्डेजले अलेहान्द्रो ग्रानाचोका लागि गोलको अवसर सिर्जना गरे । एरिक टेन हागले क्लब छाडेपछि युनाइटेडले पछिल्ला ४ खेलमध्ये ३ मा जित हात पारेको छ ।
अब नयाँ प्रशिक्षक रुबेन आमोरिम सोमबार ओल्ड ट्राफोर्ड आएर क्लबको नेतृत्व सम्हाल्नेछन् । ११ खेलबाट १५ अङ्क बटुलेको युनाइटेड हाल लिगको १३ औँ स्थानमा सीमित रहेको छ । लेस्टर १० अङ्कसहित १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण