८० हजार डलरमाथि उक्लियो बिट्क्वाइनको भाउ
वासिङ्टन डीसी । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ प्रतिगोटा ८० हजार डलरमाथि उक्लिएको छ । आइतबार बिट्क्वाइनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।
मंगलबार अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएयता विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेनसी बिट्क्वाइनको भाउ बुलिश बनेको छ । निर्वाचन लगत्तै ट्रम्पले जित्ने स्पष्ट हुन थालेपछि बिट्क्वाइनको भाउ बढ्न थालेको थियो ।
यो क्रमले सोमबारसम्मै निरन्तरता पाइरहेको छ । आइतबार बिटक्वाइनको भाउ पहिलो पटक ८० हजार डलर माथि उक्लिएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार सोमबार बिहान ११ः१६ बजे क्वाइन डेस्कमा प्रतिगोटा बिट्क्वाइनको भाउ ८१ हजार १२४ डलर ९३ सेन्ट कायम भएको छ ।
यो भनेको नेपाली रुपैयाँमा झन्डै १ करोड ९ लाख ७७ हजार रुपैयाँ हो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ८७ प्रतिशत बढी हो । यो वर्षको अहिलेसम्मको अवधिमा बिट्क्वाइनको भाउ ८० प्रतिशतले बढिसकेको छ ।
उता, अमेरिकाको प्रमुख शेयर परिसूचक एसएन्डपी ५०० २५ दशमलव ७ प्रतिशतले मात्रै बढेको छ । ट्रम्पको जित बिट्क्वाइन र अन्य डिजिटल मुद्राका लागि बुलिश संकेत भएको क्रिप्टो उद्योगको विश्वास छ । पूर्व राष्ट्रपति कार्यकालमा ट्रम्पले बिट्क्वाइनप्रति संदेह व्यक्त गरेको भएपनि हालैका महीना उनले क्रिप्टोकरेन्सीलाई समर्थन गरिरहेका छन् । क्रिप्टो उद्योग निकै जवान र हुर्किरहेको अनि आफूले यसमाथि विश्वास गर्ने सेप्टेम्बर १६ मा एउटा भाषणमा ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण