उपनिर्वाचन : काठमाडौँ महानगर १६ नम्बर वडा कमिटीका माओवादी अध्यक्षसहित ११ जनाले छाडे पार्टी
काठमाडौँ । माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ ।
थापाले आफूले नयाँलाई समर्थन गर्नको लागि पार्टी परित्याग गरेको रातोपाटीलाई प्रतिक्रिया दिए ।
पार्टी परित्याग गर्नेहरूमा महेन्द्र कुमार श्रेष्ठ , अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गज बहादुर बराल, उत्तर कुमार श्रेष्ठ र सुन माया तामाङलगायत रहेका छन् ।
स्वतन्त्र उम्मेदवारको रुपमा देवेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेको र उनीहरूले श्रेष्ठलाई नै सहयोग गर्नेगरी पार्टी परित्याग गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण