हिरासतमा लिलाबल्लभ : दुध पिउँछन्, बैंकिङ कसुरका थुनुवासँग गफ गर्छन्
काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनीविरुद्ध फर्जी कागजात बनाएर जापानमा मानव तस्करी गरेको आरोप छ । उनी आफैँपनि टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका हुन् ।
जापान प्रकरणमा पक्राउ परेका अरू ६ जना र अधिकारीलाई छुट्टाछुट्टै राखिएको छ । अधिकारीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको ‘भीआईपी कक्ष’मा राखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । अधिकारीसँग कुरा गर्न भनेर बैंकिङ कसुरमा पक्राउ परेका ३–४ जना आरोपीलाई सँगै राखिएको छ । उनी तिनै बैंकिङ कसुरका थुनुवाहरूसँग गफ गरेर समय बिताउँछन् ।
जिल्ला अदालत काठमाडौँबाट आइतबार दुई दिनको म्याद थप भएपछि साँझ अधिकारीले सादा खाना र दुध पिए । थुनुवाहरूसँग उनले भने, ‘मासु खाँदा पचाउन सक्दिनँ, साधारण खान्छु ।’
सोमबार बिहान खानापछि र दिउँसो खाजापछि पनि उनले दुध पिए । दिउँसो फलफूल खाएपछि उनले दुध पिएका हुन् । पूर्वमन्त्री अधिकारीले सादा खाना र दुध उपलब्ध गराउन आफूहरुलाई भन्ने गरेको एक अधिकृतले बताए ।
उनीविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । सो ऐन अनुसार कसुर पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण