प्राधिकरण सञ्चालक समितिको बैठक अनिर्णीत

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले आज अपराह्न ३ बजे नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका थिए । तर विविध कारण देखाउँदै अन्ततः करिब साढे ४ बजे बैठक सुरु भयो ।
बैठकले औपचारिकता नपाउँदै सहभागीहरूले आ–आफ्नो धारणा राखे । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले फरक मत राखे । उनी सञ्चालक समितिको सदस्य सचिव हुन् ।
तोकिएको समयभन्दा निकै ढिला सुरु भएको बैठकले सदस्यहरूलाई केही बेर कुरेर बस्यो । ऊर्जामन्त्री खड्का बहुमतका आधारमा भए पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउने पक्षमा थिए । तर धेरैबेर कुर्दा पनि चार जना सञ्चालक बैठकमा उपस्थित भएनन् ।
८ जना सञ्चालक रहेको सञ्चालक समितिले औपचारिकता पाउन पाँच जना उपस्थित हुनुपर्छ । तर ऊर्जामन्त्रीले बोलाएको बैठकमा मन्त्री खड्काका साथै राजस्व सचिव दिनेशकुमार घिमिरे, ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमात्रै उपस्थित भए । सञ्चालक समितिका चार सदस्य भक्तबहादुर पुनः कपिल आचार्य, भरतराज आचार्य र रतनबहादुर ऐर उपस्थित भएनन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, महसुल नतिरका उद्योगमा लाइन जडान गर्ने र टीओडी मिटरका आधारमा १५ दिनमा महसुल उठाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने