प्राधिकरण सञ्चालक समितिको बैठक अनिर्णीत
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले आज अपराह्न ३ बजे नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका थिए । तर विविध कारण देखाउँदै अन्ततः करिब साढे ४ बजे बैठक सुरु भयो ।
बैठकले औपचारिकता नपाउँदै सहभागीहरूले आ–आफ्नो धारणा राखे । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले फरक मत राखे । उनी सञ्चालक समितिको सदस्य सचिव हुन् ।
तोकिएको समयभन्दा निकै ढिला सुरु भएको बैठकले सदस्यहरूलाई केही बेर कुरेर बस्यो । ऊर्जामन्त्री खड्का बहुमतका आधारमा भए पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउने पक्षमा थिए । तर धेरैबेर कुर्दा पनि चार जना सञ्चालक बैठकमा उपस्थित भएनन् ।
८ जना सञ्चालक रहेको सञ्चालक समितिले औपचारिकता पाउन पाँच जना उपस्थित हुनुपर्छ । तर ऊर्जामन्त्रीले बोलाएको बैठकमा मन्त्री खड्काका साथै राजस्व सचिव दिनेशकुमार घिमिरे, ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमात्रै उपस्थित भए । सञ्चालक समितिका चार सदस्य भक्तबहादुर पुनः कपिल आचार्य, भरतराज आचार्य र रतनबहादुर ऐर उपस्थित भएनन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, महसुल नतिरका उद्योगमा लाइन जडान गर्ने र टीओडी मिटरका आधारमा १५ दिनमा महसुल उठाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण