‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने
काठमाडौँ । नेपालको स्थापित म्युजिक ब्यान्ड ‘कन्दरा’ले लन्डनमा कन्सट गर्ने भएको छ । ‘कन्दरा’ले आफ्नो यात्राको ३२ औँ वर्षगाठ पारेर विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सव स्वरूप कार्यक्रम गर्न लागेको हो ।
आगामी ४ जनवरीमा आयोजना हुने कार्यक्रममा ‘कन्दरा’सँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रमको आयोजक मामाघर इन्टरटेनमेन्टले जानकारी दिएको छ । कार्यक्रममा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
थुप्रै चर्चित गीत दिएका ‘कन्दरा’ पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्कन लागेको ‘कन्दरा’ले शनिबार काठमाडौँमा पनि कन्सट गरेको थियो । कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौँ गीत चर्चित छन् । चर्चित गीत र नयाँ गीत कार्यक्रममा राख्ने ‘कन्दरा’ले जनाएको छ । आयोजकले कार्यक्रमको टिकट अनलाइन मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण