भैरहवामा आजदेखि कतार एयरलाइन्सको नियमित उडान, यस्तो छ सेड्युल
काठमाडौं । भैरहवा विमानस्थलमा आजदेखि कतार एयरवेजले नियमित रुपमा उडान थाल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार हप्तामा सातवटा उडान भर्न लागिएको हो ।
यस अनुसार कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ । त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो सेड्युल नोभेम्बर ३० सम्मको लागि कायम रहनेछ । त्यसपछि भने दोहा–भैरहवा–दोहा डाइरेक्ट फ्लाइट गर्ने प्राधिकरणको योजना छ ।
यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् । कतार एयरवेज भैरहवा जाने पाँचौं एयरलाइन्स कम्पनी हो ।
प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले विश्वमै चलेका यी एयरलाइन्सहरु भैरहवा जानुले भैरहवा विमानस्थल अन्तराष्ट्रिय रुपमा परिचित हुने वातावरण बनेको बताए । सेड्युल उडानमा समावेश हुनुको अझै ठूलो रणनीतिक महत्व रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण