निस्टलरोयले छाडे युनाइटेड
ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन आमोरिमको ब्याकरुम स्टाफमा स्थान नपाएपछि रुड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेड छाडेका छन् ।
एरिक टेन हाग बर्खास्त भएपछि ४८ वर्षीय डच पूर्वखेलाडी क्लबको अन्तरिम म्यानेजर बनेका थिए ।
उनी गत जुलाईमा दुई वर्षको करारमा क्लबको सहायक प्रशिक्षक नियुक्त भएका थिए । उनी अन्तरिम म्यानेजर हुँदा युनाइटेडले ४ खेलमध्ये ३ मा जित र एकमा बराबरी हात पारेको थियो ।
यद्यपि, नयाँ म्यानेजर एमोरिमले नेदरल्याण्डका पूर्वस्ट्राकरको सेवा नलिने बताएपछि उनी क्लब छाड्न बाध्य भएका हुन् । खेलाडीका रूपमा उनले युनाइटेडमा पाँच सिजन बिताएका थिए । सन् २००१ देखि २००६ सम्म क्लबमा रहेका उनले २१९ खेलमा १ सय ५० गोल गरेका थिए ।
‘रुड सधैँ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रहनेछन्,’ क्लबले उनीबारे जानकारी दिँदै भनेको छ । क्लबका लागि उनले दिएको योगदानको कदर गर्दै क्लबले उनलाई युनाइटेडमा सधैँ स्वागत गरिने बताएको छ ।
निस्टलरोयसँगै रेन हाके, जोले टेन रुवेलर र पिटर मोरेलले पनि क्लब छाडेका छन् । ड्यारन फ्लेचर भने प्रशिक्षकको भूमिकामा कायम रहेका छन् । उनी पहिलो टोली र एकाडेमीको बिचमा पुलको काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण