यो हो कुखुरा आकारको विश्वको सबैभन्दा ठुलो भवन
मङ्गलबार, २७ कात्तिक २०८१, १५ : ४५
मनिला । विश्वभर हामीले अनेकौँ आकार र रुपका भवनहरू देखेका छौँ । फिलिपिन्सको नेग्रोस अक्सिडेन्टल प्रान्तमा एउटा रिजोर्टको भवनले भाले कुखुराको आकारको विश्वको सबैभन्दा अग्लो भवनको मान्यता पाएको छ ।
११४ फिट ७ इन्च अग्लो रुष्टर होटलको नाम गिनिज बुकमा पनि लेखिएको छ । यो भवनमा एसीयुक्त १५ वटा कोठा छन् । झट्ट हेर्दा यो भवन वास्तविक विशाल भाले कुखुरा जस्तै देखिन्छ । आफूले अरूको ध्यान खिच्ने खालको केही बनाउन चाहेर यो भवन बनाएको पत्रकारहरूलाई रेजोर्टका निर्देशक रिकार्डो कालो ग्वापो टानले भनेका थिए ।
स्थानीय संस्कृतिलाई इज्जत दिन आफूले कुखुरालाई नै छानेको पनि उनले बताए । नेग्रोस अक्सिडेन्टल प्रान्त कुखुरा उद्योगको लागि परिचित छ । यो होटल बनाउने काम सन् २०२३ को जुन १० मा सुरु भएको थियो । यो वर्षको सेप्टेम्बरमा मात्रै भवनको निर्माण कार्य पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण