शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालको विकासमा अष्ट्रेलियाले सघाउने

मङ्गलबार, २७ कात्तिक २०८१, १५ : ५९
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्री भण्डारीको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबिच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सन् १९६० मा नेपाल र अष्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक मैत्री, सहयोग र साझेदारी प्रगाढ बनेको चर्चा गर्दै मन्त्री भण्डारीले जनस्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरे । सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपाललाई थप वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ राजदूत जोन्स्टनको ध्यानाकर्षण गराए । 

राजदूत जोन्स्टनले मन्त्री भण्डारीद्वारा व्यक्त चासोप्रति सकारात्मक जवाफ दिएकी थिइन् । साथै उनले नेपालको विकास प्रयासमा सघाउन तथा अष्ट्रेलिया–नेपाल सम्बन्ध विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?