इन्ड्राइभले ल्यायो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा
काठमाडौँ । इन्ड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर सुविधा सुरु गरेको छ । यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने कम्पनीले बताएको हो ।
कम्फर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ। नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन् ।
इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन् र रमाइलो यात्राका लागि वातानुकूलित छन् । यसले काठमाडौँको भिडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ । इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरूलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ ।
इन्ड्राइभ उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको बताउँदै कम्पनीले इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको उल्लेख गरेको छ । ‘यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन्— त्यो पनि सबै उचित मूल्यमा,’ कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण