इजरायली आक्रमणमा २३ जनाको मृत्यु : लेबनानी स्वास्थ्य मन्त्रालय
बुधबार, २८ कात्तिक २०८१, ११ : ०३
बेरुत । मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परेर २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । लेबनानका अनुसार इजरायलले जुन ठाउँमा आक्रमण गरेको थियो, त्यहाँ विस्थापित परिवारहरू बस्दै आएका थिए ।
यी आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । इजरायलले आक्रमण गरेका दुई वटा गाउँहरू माउन्ट लेबनान क्षेत्रमा छ । यो हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा पर्दैनथ्यो ।
आफूहरूले बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाह लक्ष्यहरूमा आक्रमणपछि भएका आक्रमणहरूबारे अनुसन्धान गरिरहेको इजरायली सेनाले बताएको छ । यसैबिच उत्तरी इजरायलको नाहरिया सहरमा हिजबुल्लाहको रकेट आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण