मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
युक्रेन । युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिएपछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् । युक्रेनी सेनाले यसअघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।
“सावधान ! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सूचना टेलिग्राम मार्फत जारी गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्यासहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो ।
पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् । रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण