ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा बालीमा उडान रद्द
बाली । इन्डोनेसियाको टापु नजिक विस्फोट भएको ज्वालामुखीबाट उडेको खरानीको भयानक बादलका कारण बालीतर्फ र बालीबाट हुने उडानहरू रद्द भएका छन् ।
कयौँ विमान सेवा प्रदायक कम्पनीहरूले अस्ट्रेलिया र बालीबिचको उडानहरू रद्द गरेको भन्दै बीबीसीले समाचार छापेको छ । क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार यात्रीहरूलाई उडान अवरुद्ध भएकोबारे जानकारी गराएका छन् ।
लेवोताओबी लाकी–लाकी हिमालबाट उडिरहेको खरानीको कारण उडान असुरक्षित भएको कम्पनीले बताएको छ । १० जनाको ज्यान जाने गरी ज्वालामुखी विस्फोट भएको एक हप्तापछि पनि विस्फोट भएको ठाउँबाट आकाशमा ९ किमीमाथिसम्म खरानी उडिरहेको छ । ज्वालामुखीको खरानी बुधबार उत्तरी हिस्सा तिर सर्न सक्ने अस्ट्रेलियाको मौसम विभागले चेतावनी दिएको छ ।
अस्ट्रेलियन समय अनुसार बिहीबार दिउँसो १२ बजेसम्म बालीतर्फ र त्यहाँबाट हुने सबै उडान रद्द गरिएको जेटस्टारले भनेको छ । भर्जिन अस्ट्रेलियाले पनि बुधबारका लागि बालीतर्फ र त्यहाँबाट हुने सबै उडान रद्द गरेको छ ।
खरानीका कारण इन्डोनेसियामा दैनिक गतिविधि प्रभावित भएका छन् । लेवोताओबी लाकी–लाकी हिमालबाट ६०० किमी पर रहेको लाबुआन बाजो शहरमा यस वर्षको ज्याज फेस्टिभल स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण