नेपाली बलरको उत्कृष्ट प्रदर्शन, ८३ रनमै समेटियो आयोजक यूएई
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार आयोजक राष्ट्र यूएईले नेपाललाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको हो ।
आयोजक यूएईलाई एक सय रनभन्दा कम योगफलमा समेट्ने क्रममा नेपाली टोलीका बलरहरुले कसिलो बलिङ गरे । कृष्मा गुरुङ एक्लैले चार विकेट लिइन् । उनले चार ओभरमा केवल १७ रन खर्चिइन् । उनले फालेको १३ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् ।
रिया शर्माले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १२ रन खर्चिएकी थिइन् । उनले फालेको १६ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् । सिमाना केसीले पनि दुई विकेट लिइन् । उनले चार ओभरमा केवल १८ रन खर्चिइन् । उनले फालेको १२ बलमा यूएईका ब्याट्रले रन बनाउन सकेनन् ।
यसैगरी, रचनाकुमारी चौधरी पनि एक विकेट लिइन् । यूएईका लागि समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । रिनिथा रजिथले पनि टोलीको खातामा २० रन थपिन् । जारी छनोट प्रतियोगिताको यो अन्तिम खेल हो ।
यो खेलपछि आगामी आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने टोलीको टुंगो लाग्नेछ । त्यसैले नेपाल र यूएई दुबैका लागि यो खेल निकै महत्वपूर्ण छ । यो प्रतियोगिताबाट अंक तालिकाको पहिलो स्थानमा रहने एक टोली यू–१९ महिला विश्वकपमा छनोट हुनेछ ।
जारी प्रतियोगितामा सहभागी चारवटै टोलीले पाँच–पाँच खेल खेलिसक्दा १० अंकसहित यूएई तालिकाको पहिलो स्थानमा आसिन छ । यूएईले पाँचवटै खेलमा जित हात पारेको छ । नेपाल भने आठ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।
थाइल्यान्ड र कुवेतको अगाडि बढ्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । विश्वकपमा छनोट हुन बुधबारको खेलमा नेपालले यूएईलाई हराउनै पर्ने हुन्छ । नेपालले यूएईलाई हराएमा दुवै टोलीको १०–१० अंक हुनेछ ।
तर, अहिलेको स्थितिमा नेट रन रेटमा पनि नेपालभन्दा यूएई नै अगाडि छ । यूएईको नेट रन रेट ४.७९१ र नेपालको नेट रन रेट ४.३३० रहेको छ । त्यसैले बुधबारको खेलमा नेपालले यूएईलाई ठुलो अन्तरले हराउनु पर्ने हुन्छ ।
बुधबारको खेलमा नेपालले पहिले ब्याटिङ गरेमा कम्तिमा एक सय ४० रन बनाउनु पर्ने हुन्छ । त्यसपछि यूएईलाई कम्तिमा २१ रनको अन्तरले हराउनु पर्ने हुन्छ । यस्तो स्थितिमा नेपाल विश्वकपमा छनोट हुनेछ ।
यदि, नेपालले पहिले बलिङ गरेमा यूएईलाई एक सय ४० रनभित्रै रोक्ने प्रयास गर्नु पर्नेछ । त्यसपछि नेपालले १६.१ ओभरमै विजयलक्ष्य पुरा गर्नु पर्नेछ । यस्तो स्थितिमा पनि यूएईलाई पछि पार्दै नेपाल विश्वकपमा छनोट हुनेछ ।
यदि, बुधबारको खेलमा यूएईसँग पराजित भएमा नेपालको यू–१९ महिला टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । खेल अनिर्णित रुपमा सकिएको अवस्थामा पनि नेपाललाई पछि पार्दै यूएई नै विश्वकपमा छनोट हुनेछ ।
जारी प्रतियोगितामा नेपालले हालसम्म एक खेलमात्र हारेको छ । त्यो हार पनि यूएईसँगै भोगेको हो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
यसैगरी, आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनले र पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण