निर्मला हत्याको प्रत्यक्षदर्शी दाबी गर्नेको तथ्य कतैबाट पुष्टि हुँदैन : प्रहरी
काठमाडौँ । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्यालको दाबी कतैबाट पनि पुष्टि नभएको प्रहरीले जनाएको छ । तत्कालीन मन्त्री बिना मगरका चालक समेत रहेका अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा जिकिर गरेका छन् ।
तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘अर्यालको भनाई कतैबाट पनि पुष्टि हुँदैन, उनले मिडियामा देखेर त्यस्तो कुरा बोलेको हामीसँग बताएका छन् ।’
‘सुगर’का बिरामी अर्यालको अप्रेसन गर्दा दायाँ खुट्टाको ३ वटा औँला गुमेको थाहा भएको छ । उच्च अल्कोहलिक अर्याल करारको जागिर गुमाएपछि विचलित भएको तथ्य खुलेको छ । गोरखा घर भएका अर्याल करारमा तत्कालीन मन्त्रीको गाडी चालकको रूपमा कार्यरत थिए । पछि उनले जागिर गुमाएका हुन् । नयाँ बजार बस्ने अर्यालले अन्तर्वार्तामा लामो समयदेखि डेरामा नगएको बताएका थिए । तर, उनकी पत्नीसँग सोधपुछ गर्दा नियमित डेरामा जाने गरेको खुलेको छ ।
बिना मगरलाई घरमा छाडेर आफू मोटरसाइकलमा निस्कँदा निर्मला पन्तलाई हत्या गरेको देखेको उनले जिकिर गरेका छन् । तर, घटनास्थल र तत्कालीन मन्त्री मगरको घर ८० किलोमिटरको दुरीमा पर्छ । अर्यालले भनेको समयमा घटनास्थलमा पुगेर फर्किन सम्भव नै नहुने एसपी बोगटीले बताए ।
२०७७ मा जागिरबाट बर्खास्त भएपछि उनी विचलित भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण