माओवादी केन्द्रलाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपर्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र)लाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन् ।
महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठुला दल कांग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताएका हुन् ।
बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आगामी निर्वाचनमा पनि कांग्रेस–एमालेबिच सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिस्पर्धा गरेर अघि बढ्ने सहमति भएको बताए । जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरूले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो । महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहोर्याउनु भयो ।
महासचिव पोखरेलले जनमत गुमाएकाहरूले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरूको रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण