मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण
भैरहवा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनलाई रुपन्देही क्षेत्र नं १ का सांसद तथा नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले आयल निगमको निर्माणले पेट्रोलियम क्षमता भण्डारणमा सहयोग गर्ने भएकाले यसको निर्माणलाई तीव्रता दिन आग्रह गरे ।
त्यस क्रममा सङ्क्षिप्त कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयल निगमको निर्माणका विषयमा यहाँका सांसद तथा जनप्रतिनिधिले चासो देखाएको बताउँदै आफू काठमाडौँ पुग्नेबित्तिकै यसबारेमा छलफल अगाडि बढाउने बताए ।
रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव ५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गरिरहेको छ ।
करिब तीन अर्बको लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको छ । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्र्याङ्क निर्माण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण