मेलनिया ट्रम्प ह्वाइट हाउसमा फर्किने सम्भावना न्यून
बिहीबार, २९ कात्तिक २०८१, ११ : ०३
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पकी पत्नी मेलनिया ट्रम्प ह्वाइट हाउसमा पूर्णकालीन प्रथम महिलाको रूपमा फर्किने सम्भावना नगण्य रहेको छ । सीएनएनले मेलनिया सम्बद्ध स्रोतहरूलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । समाचारका अनुसार मेलनियाले आफ्नो समय न्यूयोर्क र फ्लाेिरडा बिच बाँड्ने योजना बनाएकी छिन् ।
वर्तमान राष्ट्रपति जो बाइडेनको निम्तोमा ट्रम्प ह्वाइट हाउस आउँदा पनि मेलनिया उनको साथमा थिइनन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा आफूले बाइडेनको निम्तो अस्वीकार गरेको भन्दै उनले पोस्ट गरेकी थिइन् ।
ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा पनि मेलनिया सार्वजनिक रूपमा ट्रम्पसँग कहिलेकाहीँ मात्रै देखिएकी थिइन् । यस वर्षको उनको चुनावी अभियानमा उनी पूरै अनुपस्थित थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण