सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह
काठमाडौँ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीहरूलाई अनुरोध गरेको छ । केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो ।
साउदीको कानुन अनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्राथनाको समयमा ठुलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन ।
त्यस्तै लाइन मिच्ने, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषहरूले) लगाउन, अरूलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न समेत निषेध गरिएको छ ।
ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका तथा साउदीको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने कार्य गर्न निषेध गरिएको छ ।
यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानुनी व्यवस्था छ । त्यसैले सार्वजनिक स्थानमा त्यस्ता कार्य नगर्न राजदूतावासले सचेत गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा