अदालतको पूर्ण पाठपछि मारवाडी सेवा समितिका अध्यक्ष भन्छन्– उच्च अदालत जान्छौँ
काठमाडौँ । मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको विषयमा काठमाडौँ अदालतको फैसला विरुद्ध उच्च अदालत जाने भएको छ । अदालतले गत असोजमै गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएसँगै योविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी गरेको हो ।
समितिका अध्यक्ष प्रमोद अग्रवालले आफ्नो लिगल टिमले फैसलाको अध्ययन गरिरहेको भन्दै पुनरावेदनमा जाने बताए ‘हिजो मात्रै फैसला आयो । हाम्रो लिगल टिमले हेर्दैछ,’ अग्रवाल भन्छन्, ‘फैसलामा जे कुरा उल्लेख छ, त्यो चित्तबुझ्दो छैन, तोकिएको समयभित्र हामी उच्च अदालत त जान्छौँ ।’
पशुपति गौशाला धर्मशाला सञ्चालनको सम्बन्धमा भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले खारेज गरेपछि यस विरुद्ध समिति जिल्ला अदालत गएको थियो ।
जिल्ला अदालतले उक्त क्षेत्रमा कोषको स्वामित्व रहेको, समितिले सम्झौता बमोजिम काम नगरेको भन्दै कोषले गरेको खारेजी निर्णयलाई सदर गरिदिएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझे पूर्णपाठ प्राप्त भएको ३५ दिनभित्र पुनरावेदनमा जान सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण