आफूलाई क्यान्सर भएको हल्लाबारे मरियम नवाजले के भनिन् ?
बिहीबार, २९ कात्तिक २०८१, १५ : २९
इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले आफ्नो स्वास्थ्यबारे चलिरहेका हल्लाबारे प्रतिक्रिया दिएकी छिन्। लण्डनमा आफ्नो पार्टीका कार्यकर्ताहरूसँग कुराकानी गर्दै नवाजले भनिन्, ‘मेरो स्वास्थ्यबारे गलत प्रचार भइरहेको छ । मलाई क्यान्सर भएको हल्ला फैलाइएको छ ।’
‘सामाजिक सञ्जालमा मेरो बिमारीबारे हल्ला फैलिरहेको छ । ब्लग बनाइएको छ अनि यस्तो झुठो आरोप फैलाउने काम भइरहेको छ कि मैले आफ्नो उपचार पाकिस्तानमा किन गराइन ?’ उनले भनिन् ।
मरियमले भनिन्, ‘म त्यस्ता मानिसहरूलाई भन्न चाहन्छु कि मेरो उपचार पाकिस्तानमै हुन्छ । तर प्याराथाइराइड एउटा यस्तो रोग हो जसको उपचार विश्वका दुई देश स्विट्जरल्याण्ड र अमेरिकामा मात्रै हुन्छ । यसको उपचार इङ्गल्याण्डमा पनि सम्भव छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण