रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्वार्टरफाइनलमा
लिसबन । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलअन्तरले हराएको छ । योसँगै पोर्चुगल यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो । ५९ औँ मिनेटमा राफायल लियोले पोर्चुगललाई अग्रता दिलाए ।
त्यसपछि आर्सनलका डिफेन्डर जाकुब किवियोरले डीबक्स भित्र फल हानेपछि पोर्चुगलले पेनाल्टी पायो । रोनाल्डोले सहजै त्यसलाई गोलमा परिणत गरे ।
८० औँ मिनेटमा ब्रुनो फर्नान्डेजले टोलीका लागि तेस्रो गोल गरे । तीन मिनेटपछि रोनाल्डोले पेड्रो नेटोका लागि गोलको अवसर सिर्जना गरे ।
टोली ४–० ले अघि रहेका बेला रोनाल्डोले बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गरे । नेसन्स लिगका ५ खेलमा उनको यो पाँचौँ गोल थियो ।
लगत्तै डोमिनिक मार्कजुकले पोल्याण्डका लागि सान्त्वना गोल गरे । जितसँगै पोर्चुगल समूह ए१ बाट विजेताका रूपमा अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण