तस्बिरमा हेर्नुहोस् पर्यटकीय सम्भावना बोकेको जलजला
म्याग्दी । ठुलो जङ्गलको बिचमा घाँसे मैदान, आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवलागिरिलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जङ्गली फुलहरूले भरिएको मैदान ।
यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । द्वन्द्वकलाको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुङ्गिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।
जलजलाबाट बिहानै सूर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरू जलजला आउने गर्दछन् ।
म्याग्दी लुलाङका फुलमान विक विगत लामो समयदेखि ट्रेकिङ गाइड गरिरहेका छन् । तर पछिल्लो समय उनी गाइडको पेसा छोडेर आफ्नो ठाउँमा पर्यटकहरूलाई सुविधा दिन गोठमा बस्दै आएका छन् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ ।
आएका पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन् । ‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उनले भने ‘जलजला आउने पर्यटकलाई यहाँ बस्न कुनै असुविधा छैन ।’
_KcYYPycyy3.jpg)
जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजला सम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_Ag1kkXxY8L.jpg)
_AVY725EtXc.jpg)
_NtAbrRwfWN.jpg)
_IDegIJpB2R.jpg)
_fv1TzhrtGS.jpg)
_ggjrPL7avJ.jpg)
_DqgWQ3yrN1.jpg)
_CTlVwYK4tj.jpg)
_ueXiZzV5Gj.jpg)
_LSYGP3mX1L.jpg)
_Qvw4merF0k.jpg)
_5Llf1mHjew.jpg)
_d5bufh5Fqr.jpg)
_WZUGDOsTZd.jpg)
_1SHCroNwlW.jpg)
_MRu9a3794r.jpg)
_rGKbiPV5Sq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण