जलवायु वित्तको माग गर्दै काठमाडौँमा र्याली (तस्बिरहरू)
काठमाडौँ । जलवायु वित्तको माग गर्दै काठमाडौँसहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप–२९ को समर्थनमा सडकमा र्याली गरेका हुन् ।
यो र्यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ । शनिवार बिहान आयोजना गरिएको र्याली काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्क सम्म पुगेर समापन भएको छ । र्यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो । काठमाडौँका अलावा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
जलवायु अभियन्ता विख्यात खत्रीले भने–'आज, हामी नेपाल जस्तो जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएका छौँ। हामीले ग्लोबल नर्थको अपराधको सजाय भोग्दै छौँ तसर्थ ग्लोबल नर्थले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई स्विकार्नुपर्छ र आफ्नो जलवायु वित्तको कर्तव्य पूरा गर्नुपर्छ। हामीले गम्भीर प्रभावहरूको सामना गरिरहेकाले अब खाली आश्वासनले चित्त बुझाउने समय छैन। आफूले खाँदै नखाएको विष लागेर हाम्रो भविष्य धरापमा जाँदै छ तसर्थ औद्योगिक राष्ट्रहरूले नै जलवायु वित्त मार्फत यसको क्षतिपूर्ति गर्ने दायित्व वहन गर्नुपर्छ। हाम्रो तात्कालिक क्रियाकलापमा नै हाम्रो भविष्य निर्भर गर्दछ, र हामी हाम्रो आवाज सुनाउने र न्यायपूर्ण जलवायु वित्तको लागि हाम्रो माग पूरा नभएसम्म विश्राम गर्ने छैनौँ।'
औद्योगिक देशले ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्ने माग र्यालीका सहभागीहरूले गरेका छन् । उनीहरुले अहिलेको यो अभियान भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता भएको र विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनीकरण गर्ने दाबी गरेका छन् ।
_AY8qErFidk.jpg)
जागरण नेपालका आभूषण खड्काले भने–'हाम्रो क्रियाकलाप जलवायु न्यायलाई प्राथमिकता दिने उद्देश्यमा केन्द्रित छ। जलवायु सङ्कटको सामना गर्नका लागि उचित, निष्पक्ष, र पारदर्शी ढङ्गले जलवायु वित्तको वितरण गर्नुपर्छ। हामी कोप २९ मा उपस्थित विश्व नेताहरूलाई स्पष्ट सन्देश दिन चाहन्छौँ– हामी उनीहरूको प्रत्येक कदमलाई हेरिरहेका छौँ, र हामी जलवायु परिवर्तनमा उनीहरूको प्रतिज्ञा र क्रियाकलापको जबाफदेहिता सुनिश्चित गर्न हरेक चरणमा आवाज उठाउने छौँ। विश्वको नजर उनीहरूमाथि छ, र हामी पारदर्शिता, सत्यनिष्ठा, र यो वैश्विक सङ्कटको समाधानमा निर्णायक कार्यको माग गर्दछौँ।'
र्यालीले निम्नलिखित प्रमुख मागहरू गरेको छ :
● जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ।
● जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ।
● औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्छ।
● अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ।
● कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्छ।
● जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ, जसले पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ।
_Rjfqw8OrAJ.jpg)
_lqnrGJipPM.jpg)
_hol7ZE7vvH.jpg)
_EWf48SbYaN.jpg)
_QeeGBpjqka.jpg)
_tniHXh0z8B.jpg)
_WpZhnb9iRd.jpg)
_JiRxQqykbb.jpg)
_umYhK7r4zN.jpg)
_keN0XNz7W0.jpg)
_vEXZgBumwJ.jpg)
_HrHGCtdPYM.jpg)
_tZfKNm641b.jpg)
_vve1YMBLSt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण