उत्तर प्रदेश : कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु
बिजनौर । उत्तर प्रदेशको बिजनौरमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कार र अटोरिक्सा ठोक्किँदा यो दुर्घटना भएको हो ।
यो घटना धामपुर थाना क्षेत्रमा भएको प्रहरीले जानकारी दिएको छ बताए। प्रहरीका अनुसार बिहानै क्रेटा कार र अटोरिक्साबिच ठक्कर भएको थियो। कारले अर्को गाडीलाई ओभरटेक गरिरहेको बेला अचानक लेन परिवर्तन गरी अटोलाई ठक्कर दिएको प्रहरीको भनाई छ ।
दुर्घटनामा परी मृत्यु भएका सात जना अटोमा सवार रहेको र धामपुर क्षेत्रका बासिन्दा रहेको उनले बताए । यी मानिसहरू मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए।
प्रहरीले भन्यो, ‘घटनास्थलमा नै छ जनाको मृत्यु भएको थियो । अटो चालकको उपचारका क्रममा मृत्यु भयो। मृतकका परिवारलाई खबर गरिएको छ। कार चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण