उपनिर्वाचनमा महिन्द्र राय नेतृत्वको नेसपाले माओवादी केन्द्रलाई सहयोग गर्ने
शनिबार, ०१ मङ्सिर २०८१, २० : ३९

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ । २०७९ सालमा सम्पन्न सङ्घ र प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर सहभागी भएको सो पार्टीले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पनि सोही चुनाव चिन्ह लिएर माओवादी केन्द्रलाई सहयोग गर्ने भएको हो ।
शनिवार सो पार्टीका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावमा पालिका र वडा तहमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएका छन् । आइतबार उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत