स्थानीय तह उपनिर्वाचनमा आचारसंहिता लाग्ने यी हुन् २४ निकाय
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आइतबारदेखि लागु हुने गरी आचारसंहिता जारी गरेको छ ।
आयोगका अनुसार उपनिर्वाचन हुने जिल्ला भित्रका विभिन्न २४ निकाय तथा व्यक्तिमाथि आचारसंहिता लाग्ने छ ।
क–कसलाई लाग्छ आचारसंहिता ?
१. नेपाल सरकार र नेपाल सरकारका मन्त्री
२. प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
३. संवैधानिक निकाय र सो निकायका पदाधिकारी
४. नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
५. स्थानीय कार्यपालिका र सोका सदस्य
६. सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी
७. सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
८. सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी
९. राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन
१०. उम्मेदवार तथा सम्बन्धित व्यक्ति
११. राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
१२. सार्वजनिक पद धारण गरेको व्यक्ति
१३. अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
१४. पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
१५. सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
१६. निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी
१७. विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
१८. मतदाता
१९. विकास साझेदार संस्था
२०. सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी
२१. मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
२२. निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार
२३. वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार
२४. आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण