समाचार
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
आइतबार, ०२ मङ्सिर २०८१, १५ : १६

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो ।
नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानीको फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर