दमननाथको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त
आइतबार, ०२ मङ्सिर २०८१, १६ : ३३
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख दमननाथ ढुंगानको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उनले पुर्याएको योगदानलाई सदैव सम्झिरहने बताएका छन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको छ’, प्रचण्डले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार उपचारका क्रममा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण