पूर्वसभामुख ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
ढुङ्गानाको निधनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत फ्रन्टलाइन अस्पताल पुगेका थिए ।
सो क्रममा प्रतिनिधिसभाकी उपसभामुख रानाले आफूले ढुङ्गानालाई अभिभावको रूपमा लिएको र उनको निधनप्रति निकै दुख लागेको बताइन् ।
विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण