दुर्घटना न्यूनीकरण गर्न जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सवारी दुर्घटना जोखिम न्यूनीकरणबारे भएको छलफलमा गृहमन्त्री लेखकले यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतीपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।
‘सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउन सक्छ’ गृहमन्त्रीले भने, ‘पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिति छ ।’
बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसित गहन छलफल भएको बताए ।
त्यसक्रममा मन्त्री लेखकले जोखिममा रहेका सडक राजमार्गहरु तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई मार्न चाहन्छ इरान ?
-
कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १०८९ अमेरिकी डलर पुग्ने अनुमान
-
इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल