दुर्घटना न्यूनीकरण गर्न जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सवारी दुर्घटना जोखिम न्यूनीकरणबारे भएको छलफलमा गृहमन्त्री लेखकले यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतीपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।
‘सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउन सक्छ’ गृहमन्त्रीले भने, ‘पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिति छ ।’
बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसित गहन छलफल भएको बताए ।
त्यसक्रममा मन्त्री लेखकले जोखिममा रहेका सडक राजमार्गहरु तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण