कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्यायो, बयान गरिँदै
काठमाडौँ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्याएको छ । सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेल बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा थिए ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न उनलाई काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन । उनी गोरखा मिडिया नेटवर्कमा पनि सेयर होल्डर थिए । कार्तिक २८ मा काठमाडौँ ल्याएर प्रहरीले उनीसँग बयान लिइरहेको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् ।
लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले कमल लामा र सुनिता नेवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित करिब दुई दर्जनविरुद्ध पक्राउ पुर्जी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण