प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइ अन्तिम सम्मान गरेका छन् । ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झन्डा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् ।
श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी रहेका थिए ।
प्रधानमन्त्री ओलीले ढुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र असल मान्छे हुनाका साथै सबैका कुरा सुन्ने व्यक्तित्व भएको बताए । प्रधानमन्त्री ओलीले ढुङ्गानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको बताए ।
ढुङ्गानाले देखाएको बाटोमा अघि बढ्न आफूहरू प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताए । मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण